१८ आश्विन २०८०, बिहिबार | Thu Oct 5 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दीपुर गाउँपालिकाको पशुपछी शाखालार्इ जग्गा दान



 

मङ्सिर २०, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका १ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिएकी छन् । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब ७० लाख मूल्य बराबरको जग्गा दान गरेकी उनले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिएकी थिइन् ।

श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भने, “जीवनमा केही योगदान गरौ भन्ने भावना भएको हुँदा हामीले खुशी भएर किसानको हितका निम्ति जग्गा दान गरेका हौँ ।” गाउँपालिकाले उक्त जग्गामा करीब एक करोडको लागतमा पशु अस्पताल बनाउने सोचका साथ प्रक्रिया अघि बढाएको पशुपछी शाखाका प्रमुख रामबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले प्रदेश सरकारलाई उक्त अस्पताल बनाउनेबारे जानकारी गराइसकेको छ ।

उक्त गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले गाउँपालिकालाई जग्गा दान गरेर श्रेष्ठ परिवारले ठूलो गुन लगाएको बताए । “जग्गा अभावमा पशु अस्पताल बनाउन समस्या भइरहेकाबेला यस जग्गाले अब अस्पताल भवन निर्माणका लागि सहज बनाउनेछ,” उनले भने । उक्त गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दो भएको र तिनको उपचारका लागि अस्पताल नहुँदा समस्या हुँदै आएको थियो ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार ००:००