८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाबाट पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण



 

मङ्सिर १९, कञ्चनपुर । कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो ।

यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा आएपछि पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताए । उनले भने, “यसको शुरुवात गरिएको छ, नगर क्षेत्रभित्रका सबैलाई परिचयपत्र वितरण गर्छौ ।”

नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि बनाएर परिचयपत्र वितरण शुरु गरेको हो । “परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउनुहुन्छ, अव परिचयपत्र हेरेर सुविधा दिन्छौ” नगरप्रमुख हमालले भने । वडा नं ५ का कनहिया लाल रानालाई अपाङ्गता परिचयपत्र वितरण गरी सो कार्य शुरु गरिएको हो । शारीरिक रुपमा अशक्त राना टोलका रानालाई ‘ख’ वर्गको परिचयपत्र दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले परिचय पत्रमा हस्ताक्षर गरेका छन् । आफन्तसित कार्यालयमा आएर रानाले परिचयपत्र लिएका हुन् । नगरप्रमुख हमालले नगरपालिकाका सबै वडाका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिने जानकारी दिए । कञ्चनपुरका नौ स्थानीय तहमध्ये कृष्णपुर अपाङ्गता परिचय वितरण गर्ने पहिलो भएको हो ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ००:००