३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर क्षेत्रभित्रका विकास आयोजनाबारे छलफल



 

मङ्सिर १४, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोलीले आज नगर क्षेत्रभित्र सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको छ ।

उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र सङ्घ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

उपमहानगरपालिकाका तर्फबाट विकास आयोजनाका बारेमा प्रस्तुतिपछि मुख्यमन्त्री पोखरेलले विकास आयोजना अघि बढाउँदा बजेटको व्यवस्थापन एकद्वार प्रणालीबाट गर्नुपर्ने बताउँदै एउटै प्रक्रियाबाट आयोजना अघि बढाउनुपर्ने र स्रोतको झमेला अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिए उजिरसिंह रङ्गशाला प्रदेश सरकारले बनाइदिने बताउँदै उनले ऐतिहासिक जीतगढी किल्लालाई आकर्षक पर्यटकीय केन्द्र बनाउनका लागि अतिक्रमण हटाउन निर्देशन पनि दिए ।

मुख्यमन्त्री पोखरेलले जीतगढीको अतिक्रमण हटाए त्यहाँको भौतिक पूर्वाधारसहितको आकर्षक पर्यटकीय विकास प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव डा तीर्थराज ढकाल, उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्य सहित वडाध्यक्ष र योजना प्रमुख लगायत सहभागी थिए ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००