६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरः वडा कार्यालय भवन शिलान्यास



 

मंसिर १४, चितवन । भरतपुर महानगरपालिका १३ को वडा कार्यालय भवन निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताइन् ।

महानगरको आन्तरिक श्रोत र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उनले जानकारी दिइन् । नेकपा अध्यक्ष तथा एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गरेको नगर प्रमुख दाहालको भनाइ थियो ।

कार्यालय भवन निर्माण गर्न स्थानीय प्रेमनाथ कोइराला र पद्मावती कोइरालाले प्रदान गरेको दुई कठ्ठा जग्गामा ७० लाखको लागतमा दुई हजार स्क्वायर फिटको पक्की भवन बन्ने भएको छ ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००