२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोराही उपमहानगरपालिकाः वडाध्यक्षको बुढाको निधन

लेखक स्थानीय खबर १३ मंसिर २०७५, बिहिबार १ मिनेट पढाइ

 

मङ्सिर १३, घोराही । घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उनको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिएका बुढाको काठमाडौं, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्किएका थिए ।

तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहेका थिए ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।