२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगंगा गाउँपालिकामा स्वास्थ्य एकाई स्थापना



 

 

मंसिर १०, म्याग्दी । दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाई स्थापना भएको छ ।

एकाई स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत ३ घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकाईबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५ सय नागरिक लाभान्वित भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाईबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उनले बताए ।

एकाई स्थापना गर्न वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ र स्थानीयवासीको श्रमदानले एकाईको भवन निर्माण भएको हो ।

एकाई भवनको नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । रासस

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ००:००