३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको दुई गाडीमा आगजनी



मलेखु (धादिङ), नेपाली कांग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००