७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा ५ जना निर्विरोध



लमजुङ । स्थानीय तह निर्वाचनको उम्मेद्वारी दिनेक्रममा ५ जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले) का तर्फबाट मर्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।

सोही पदमा कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेद्वार अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मर्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्य डिलकुमारी थापा पनि निर्विरोध भएकी छन् । कांग्रेसबाट सोही पदमा उम्मेदवारी दिएकी मैतमाया गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध भएकी हुन् ।

एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै, सोही वडामा एमालेबाटै उम्मेदवारी दिएकी एक खुला सदस्य पित्रमान गुरुङ र दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा (माओवादी केन्द्र) बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भइसकेका छन् । रासस

प्रकाशित मिति : २३ बैशाख २०७४, शनिबार ००:००