६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेताको दाई वा छोरीलाई जिताउन एमाले र राप्रपाबीच तालमेल भएको होइनः ओली



स्थानीय खबर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँगको गठबन्धन कुनै नेताको छोरी र दाईलाई जिताउन नभएको बताएका छन् ।

बैचारिक हिसाबले बिपरितजस्तै मानिने राप्रपासँग तालमेल गरेको भन्दै एमालेको सर्बत्र आलोचना भइरहेका बेला ओलीको यो धारणा आएको हो । कांग्रेस र माओवादी केन्द्रलाई लक्षित गरि उनले आफन्त र परिवार जिताउन एमालेले तालमेल नगरेको दाबी गरे ।

तस्बिरः स्थानीय खबर

कांग्रेस नेता नवीन्द्रराज जोशीका दाजु राजुराज जोशी काठमाडौं र माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दहालपुत्री रेणु दहालले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका छन् । काठमाडौं र भरतपुरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल गर्ने निर्णय भएको छ ।

“कतिपयले गाई र सुर्यको तालमेल कसरी भयो भनेर गिज्याइरहेका छन् । राजनीतिलाई मिलाएर जाउँ भनेर यस्तो गरिएको हो,” उनले भने, “यो तालमेल नेताका छोरी र दाई जिताउन गरिएको तालमेल होइन । हाम्राग गठबन्धन छोरी वा दाई जिताउन होइन, मुलुक बनाउन हो ।” राणा शासन सकिए पनि जहानियाँ शासन नसकिएको आरोप लगाए ।

कांग्रेस र माओवादीलाई ‘नराम्रा काममा मिल्ने’हरूको संज्ञा दिए । “हेर्नुस् त, प्रधान न्यायधिशलाई महाअभियोग लाउन कस्तो मिलेका ?” ओलीले भने ।

शुक्रबार स्थानीय तहमा कार्यरत स्थानीय तहका कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले जित्ने ठोकुवा गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाको उम्मेद्वारहरूको परिचय पनि गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००