६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ



चरिकोट, स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताए ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उनले बताए । प्रहरी नायब उपरीक्षक कार्कीले निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बताउँदै निर्वाचन नसकिउन्जेलसम्म उनीहरुलाई छाड्ने सम्भावना नरहेको बताए ।

आगामी निर्वाचन, नेपाल देश र नेपाली जनताका लागि मान्य नभएको भन्दै उनीहरुले उम्मेदवारी दिएकालाई फिर्ता लिन पत्राचारमार्फत धम्की दिएको प्रहरीको दावी छ । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००