१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी



 

कात्तिक ३०, काठमाडौं । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसंग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ ।

स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसंग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसंग छलफल गरेको छ ।

“शुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो”, उनले भने, “अहिले सङ्घ र प्रदेशका विभिन्न कानून बन्दा उक्त ऐनसंग बाभिए, त्यसैले संशोधन गर्न थालेका हौँ ।” उनका अनुसार वन, भूमिसुधार, शिक्षा तथा करसम्बन्धी सङ्घ र प्रदेशमा बनेका कानूनसंग उक्त ऐनमा भएका केही प्रावधान बाँझिएका छन् ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ००:००