८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मगर भाषा संरक्षणमा बडीगाड गाउँपालिका



 

कात्तिक ३०, बागलुङ । बडीगाड गाउँपालिकाले लोपोन्मुख मगर भाषा संरक्षणका लागि पहल थालेको छ । करीब ५१ प्रतिशत मगर जातिको बसोबास रहेको गाउँपालिकामा मगर भाषा लोप हुन थालेपछि गाउँपालिकाले भाषा संरक्षण अभियानमा जुटेको हो ।

सबै भाषाको उत्तिकै सम्मान हुनुपर्ने भन्दै मगर भाषा संरक्षणका लागि पहल थालेको गाउँपालिकाले जनाएको छ । “गाउँपालिकाले विगत छ महीना देखि मगर भाषाको प्रशिक्षण तालीम कक्षा सञ्चालन गर्दै आएको छ”, गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाले भने, “एक वर्ष मगर भाषाको तालीमपश्चात् गाउँगाउँमा भाषा कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को नगरसभाबाट मगर भाषा संरक्षणका लागि १५ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । मगर भाषालाई गाउँपालिकाको पहिचानका रुपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

हाल गाउँपालिकाका २५ जनालाई मगर भाषासम्बन्धी तालीम सञ्चालन भइरहेको र तालीमपश्चात् गाउँगाउँमा भाषा कक्षा सञ्चालन गरिने बताइएको छ । गाउँपालिका क्षेत्रमा १८औँ शताब्दीसम्म मगर भाषा बोलिए पनि बाइसे, चौबिसे राज्यसंगै मगर भाषा लोप भएको स्थानीय मगर समुदायका अगुवाले जनाएका छन् ।

हाल भाषा कक्षाका लागि तनहुँका मगर भाषा प्रशिक्षक आशबहादुर थापाले सो कक्षामा सहजीकरण गरिरहेका छन् । सहभागीलाई मासिक आठ हजार भत्तासहित तालीम दिइएको र तालीमपश्चात् तिनै प्रशिक्षार्थीलाई प्रशिक्षकका रुपमा विकास गरी भाषा कक्षा सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले मगर भाषा, कला र संस्कृति संरक्षणका लागि तीनवर्षे योजना अगाडि सारेको गाउँपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ००:००