३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाम्खा गाउँपालिकालाई निर्माण सामग्री सहयोग



 

कात्तिक २९, हुम्ला । हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

आफ्ना भू–भागसंग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायता अन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तार लगायतका सामग्री उपलब्ध गराएको हो ।

नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसंग जोडिएका गाउँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा, भौतिक लगायत सहयोग गर्दै आएको छ । तिब्बतको ताक्लाकोटमा चिनियाँ प्रतिनिधिमण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाबीच कात्तिक १२ गते सम्झौता भएको थियो ।

नाम्खा गाउँपालिकाको अध्यक्ष लामाको रोहवरमा चीन सरकारले जस्तापाता, सिमेन्ट, सरिया ग्याबिन उपलब्ध गराएको हो । चीनको ताक्लाकोटबाट १२०० जस्तापाता, ३१५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलब्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

चीन सरकारले विगतका वर्षमा पनि चीनसंग सिमाना जोडिएका जिल्लाका लागि वस्तुगत सहायता अन्तर्गत सहयोग दिँदै आइरहेको छ । चीन सरकारबाट उपलब्ध हुने वस्तुगत सहायता अन्तर्गतका सामानहरु स्वाथ्यचौकी भवन मर्मत गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार ००:००