२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको भलो चाहने दललाई भोट दिन आग्रह



पोखरा, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गरेका छन् ।

एमाले पोखरा–लेखनाथ–५ निर्वाचन परिचालन कमिटीले पोखराको मालेपाटनमा शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं निर्वाचन सभालाई सम्बोधन गर्दै विगतका कामको मूल्यांकन गरी गलत र असल छुट्टाएर कुनै एक दल रोज्नुपर्नेमा जोड दिए ।

एमाले एक देशभक्त र नयाँ नेपाल बनाउने सपनाको परिकल्पनाकार भएको चर्चा गर्दै उनले पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउन एमालेले विशेष महत्व दिने बताए ।

एक महिनाको अन्तरालमा हुन गइरहेको दोस्रो चरणको निर्वाचन भने राजनीतिक अन्यौल र अनिश्चिता बढेको बताउँदै उनले एक महिनाको समयावधि छोट्टाएर वार्षिक नीति तथा कार्यक्रम र बजेटअघि नै दोस्रो चरणको निर्वाचन गरिनुपर्ने धारणा राखे ।

व्यवस्थापिका–संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले पाँच वर्षभित्र पोखरामा अव्यवस्थित वसोवास स्थितिको अन्त्य गरी सबैलाई आवासको सुविधा दिने गरी एमालेले कार्यक्रम ल्याउने जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचन हुनै नदिने गरी अनेकौँ षडयन्त्र भइरहेकाले त्यसतर्फ सचेत हुन सबैसंग आग्रह गरे ।

निर्वाचन परिचालन कमिटिका संयोजक विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापा, वडा नं. ५ का वडाध्यक्ष पदका उमेदवार धनबहादुर नेपाली र गायत्री भुर्तेललगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००