१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता



बनेपा, काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका अनुसार धुलिखेल नगरपालिकमा ४, पनौती नगरपालिकामा १०, मण्डनदेउपुर नगरपालिकामा ३ र चौरीदेउराली गाउँपालिकामा ९ गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको संख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए ।

जिल्लामा कुल २ हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा २ लाख ३० हजार ८४९ मतदाता संख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००