२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जुम्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ’



काठमाडौं । विकट हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर पदमा शान्तिलाल महतले उम्मेद्वारी दिएका छन् ।

जुम्लालाई पर्यटकीय स्थलको रुपमा विकास गरी यहाँको वासिन्दाको आयस्रोत वृद्धि गर्ने योजना रहेको महतले बताए ।

बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा महतले चन्दननाथलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन् । “चन्दननाथ नगरपालिकाभित्र रहेका मठ, मन्दिर, गुम्बा, स्तुपालगायतको संरक्षण गर्दै त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्छौ” महतले भने, “एमालेको स्थानीय सरकार बनेपछि पर्यटकीय क्षेत्रकोको रुपमा विकास गरी यहाँका वासिन्दाको आयस्रोतमा बृद्धि गर्ने छौं ।”

चन्दननाथ नगरपालिकाका १० वटै वडामा मोटरबाटो, खानेपानी, माध्यमिक बिद्यालय स्थापना गर्ने, ईन्टरनेटको सुबिधा पुर्याउने योजना एमालेले अगाडि सारेको छ । एमालेबाटै चन्दननाथ नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएका मेनका रेग्मीले बृद्ध र एकल महिलाको भत्तामा बढाउने, गरिब, निमुखा, दलित छात्रछात्रालाई छात्रबृत्तिसहित अन्य व्यवस्था गर्ने योजना रहेको बताए । साथै धौलीगाड बृहत खानेपानी योजना सम्पन्न गर्न बिशेष जोड दिईने र सबैलाई स्वच्छ खानेपानीको व्यस्था गर्ने रेग्मीले बताए ।

एमालेका नेता, सांसद एवं पूर्वराज्यमन्त्री समेत रहेका बलवहादुर महतले एमालेको स्थानीय सरकार निर्माणसँगै जुम्लाको चन्दननाथ नगरपालिकासहित त्यस जिल्लाका सातवटै गाउँपालिकामा बेरोजगार युवालाई उद्योग खोली रोजगारी दिने योजना रहेको बताए ।

सांसद महतले विद्युत उत्पादन गरी एमालेले जुम्लाबासीलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने योजना रहेको बताए । “‘एमालेको स्थानीय सरकार निर्माणका लागि सबै मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु” सांसद महतले भने, “एमालेको सरकार बनेसँगै जुम्लाको बृहत विकास सुरू हुनेछ । यहाँका सबैखाले समस्या एमालेले समाधान गर्छ ।’

एमालेका उम्मेद्वारद्वय महत र रेग्मी योग्य, शिक्षित, क्षमतावान् र जनतामा स्थापित लोकप्रिय नेता रहेकाले उनीहरूको जित निश्चित रहेको महतको दावी छ ।

उता, नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका राजुसिंह कठायतले टिकट नपाएपछि बिद्रोहस्वरुप चन्दननाथ नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ मा वडा अध्यक्ष सहित सदस्यमा काँग्रेसको तर्फबाट उम्मेदवारी नै परेन । राताेसूर्य डटकमबाट साभार

प्रकाशित मिति : २१ बैशाख २०७४, बिहिबार ००:००