५ पुस २०८२, शनिबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भानु नगरपालिकाः जनताको गुनासो सुन्न मोबाइल एप्स



 

कात्तिक १३, दमौली । तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि आफ्नै एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । “सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौँ”, नगर प्रमुख गौलीले भने, “नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।”

मोवाइल एप्समा नगरपालिकाको परिचय, नगरपालिकाकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत अजन्ता ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार ००:००