१३ आश्विन २०८०, शनिबार | Sat Sep 30 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पाका प्रायः मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन



डोल्पा, दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् ।

डोल्पाको मध्य भेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्रमा कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका विषयमा कुनै पनि जानकारी लिन दिन ठूलो समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताए ।

निर्वाचनसम्बन्धी गतिविधिको सम्पूर्ण जानकारी प्रहरीबाटै लिने गरेका छौँ, जिल्लाका ६६ वटा मतदान केन्द्रमध्ये सदरमुकाम आसपासका केही निर्वाचन कार्यालयमा फोन सम्पर्क हुने गरेपनि जिल्लाका अधिकांश निर्वाचन कार्यालय तथा मतदान केन्द्र सम्पर्कविहीन छन् – बुढाले भने ।

एक वा दुई दिनपछि प्रहरीको आन्तरिक सञ्चारबाट खबर आउने गरेको छ यसै सूचनाका आधारमा निर्वाचनसम्बन्धी सूचना पाउने गर्छौं –बुढाले थपे ।

फोन सम्पर्क नहुँदा स्थानीय निर्वाचन गराउन ठाउँ ठाउँमा खटिएका कर्मचारीको समेत अवस्था बुझ्न नसकिएको उनले बताए । उपल्लो डोल्पाका तीनवटै गाउँपालिकामा नेपाल टेलिकमको कुनै पनि मोबाइल सेवा छैन भने ठाउँठाउँमा राखिएको भिस्याट फोन पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधाको अभावमा उपल्लो डोल्पा तथा तल्लो डोल्पाका क्षेत्र वर्षौं देखि सञ्चारविहीन हुँदै आएका छन् । रासस

प्रकाशित मिति : २१ बैशाख २०७४, बिहिबार ००:००