१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश माताहातका कर्मचारीले तलबभत्ता पाएनन्



 

कात्तिक १, जिरी । प्रदेश माताहातका कर्मचारीले तलबभत्ता नपाएपछि दशैँ मान्न ऋण खोज्न थालेका छन् । टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् ।

जागीर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पु¥याउने बेलामा उल्टै बसको टिकटको लागिसमेत खर्च माग्नु पर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे ।

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागीरको पाँच वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष शुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैँ मनाउन घर फर्किए ।

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन् । प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जलउत्पन्न कार्यालयका दोलखाका मात्र २५० कर्मचारी तलब नलिई दशैँ मनाउन बाध्य भएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतबार सम्म नआएकाले वितरण नगरिएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार ००:००