३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका बागी उम्मेदवार स्वतः निलम्बन हुने



काठमाडौँ, नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ ।

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तोकिएको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक कांग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उनले बताए । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००