५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले फोहर व्यवस्थापन गर्न सकेनः कृष्णगोपाल श्रेष्ठ



 

असोज २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौं महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताएका छन् ।

नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा आज आयोजना गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वस्थ्य र स्वच्छ समाज निर्माणमा काठमाडौं महानगरको सक्रियता सन्तोषजनक नभएको बताए ।

नेता श्रेष्ठले फोहर व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न रचनात्मक कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए । नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिनुपर्ने बताउँदै उनले भने, “घरको आगन सफा राख्नुपर्छ, हरियाली बनाउन सबैले सहयोग गर्नुपर्छ र फोहोर जथाभावी मिल्काउन हुँदैन ।”
रासस

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ००:००