३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका दस उम्मेदवार निर्विरोध



म्याग्दी (बेनी), वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलवार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा रघुगंगा गाउँपालिका–४ को वडा अध्यक्षमा एकबहादुर गर्वुजा र सदस्यमा कृष्ण गर्बुजा, धनप्रसाद गर्वुजा, सविता पुन र सविता वर्देवा रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

त्यसैगरी सोही गाउँपालिकाको वडा नं ७ कुइनेमंगलेमा तीनजना सदस्य, त्यसैगरी वडा नं ५ पाखापानीबाट एकजना महिला सदस्य र वडा नं १ बेगबाट एकजना दलित सदस्य गरी एक वडा अध्यक्षसहित १० जना सदस्यहरू निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००