१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने



 

असोज २५, बागलुङ । गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी तीन हजार पाउनेछन् ।

लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताए । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो ।

“लगत लिने काम अन्तिम चरणमा छ,” उनले भने । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ ।

“ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौँ,” उनले भने । नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ ।

नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकाम सम्म आउन ट्याक्सी भाडाबापत तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार ००:००