३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या



 

असोज २५, बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसके पनि बैतडीका स्थानीय तहले अझै पनि आफ्ना भवन निर्माण गर्न सकेका छैनन् ।

धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको आफ्नै भवन छ भने सिगास र शिवनाथ गाउँपालिकाको भवन निर्माण भएसँगै तीन स्थानीय तहसँग आफ्नै भवन भएका छन् । जिल्लाका सात स्थानीय तह अझै पनि भाडाका भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

नगरपालिकाकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको मेलौली, पुर्चौडी र पाटन नगरपालिकाका साथै अन्य गाउँपालिकामा पनि भवन अभाव छ । भवन अभावमा नगरपालिकाभित्र शाखाहरू नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार ००:००