असोज २४, भद्रपुर । मेचीनगर नगरपालिका ३ को वडा कार्यालय १४ महीनापछि आफ्नै भवनमा सरेको छ । भवन निर्मण गर्न स्थानीयवासीले पाँच कट्ठा जग्गा दान दिएका थिए ।
सो जग्गामा निर्मित तीन कोठे भवनमा वडा कार्यालय सरेको हो । सो कार्यालयको आज एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले उद्घाटन गरिन् ।
स्थानीयवासी तेजराज पोखरेल, विन्दबहादुर भुजेल, वीरबहादुर भुजेल, मायादेवी फुयाल र नेत्र फुयालले सो जग्गा दान गरेका हुन् । कार्यक्रममा दातालाई समेत सम्मान गरिएको थियो ।
मेचीनगर नगरपालिका र स्थानीयवासीको जनसहभागितामा २५ लाखमा भवन निर्माण गरिएको हो । अन्य वडा कार्यालय कतिपय पुरानै गाउँ विकास समितिका कार्यालयमा तथा कतिपय भाडामा सञ्चालनमा छन् ।
रासस




प्रतिक्रिया