२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशरथचन्द नगरपालिकाः पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार



 

असोज २०, बैतडी । दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ ।

संविधान र कानूनअनुसार नगर क्षेत्रभरिका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग पु¥याउने लक्ष्यसहित रणनीतिक योजनाको खाका तयार पारिएको नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

बालबालिका र महिलाको समग्र विकासका लागि नगरपालिकाले लिने रणनीति, अवलम्बन गर्नुपर्ने नीति र योजनामा समेटिएको जानकारी दिँदै उनले भने, “सरोकारवालासँग पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गरेर रणनीतिलाई अन्तिम रूप दिनेछौँ ।”

नगरपालिकाले तयार पारेको रणनीतिक योजनामा समावेश भएका कुरा कार्यान्वयनमा सरोकारवाला जोड दिएका छन् । यसअघि पनि थुप्रै नीति बनेकाले अबको योजना कार्यान्वयन हुने खालको बनाउनुपर्ने महिला अधिकारकर्मी सरस्वती भट्टले बताए ।

उनले भने, “नगरपालिकाभित्र पनि थुप्रै दुर्गम क्षेत्र रहेकाले ती क्षेत्रका महिला तथा बालबालिकाको समस्या समाधान गर्ने खालका योजना समेटिनुपर्छ ।” रणनीतिक योजनालाई अन्तिमरुप दिएर कार्यपालिको बैठकबाट पारित गराउने बताइएको छ ।
रासस

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ००:००