३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जनाले मात्रै बुझाए हतियार



गौशाला, आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा रहेको हतियार बुझाउन गरेको सूचनाअनुसार तीनजनाले मात्रै हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार महोत्तरीमा तीन सय नौ जनाले अनुमति प्राप्त गरी ३ सय ३२ थान हतियार राखेकामा जम्मा तीनजनाले मात्रै हतियार बुझाएका छन् । स्थानीय निकायको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले करिब डेढ महिनाअघि हतियार बुझाउन सूचना जारी गरेपनि अहिलेसम्म मात्र तीनजनाले आफूसँग रहेको हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।

जिल्लामा अनुमति प्राप्त हतियारमा पेस्तोल १२, बाह्र बोरको बन्दुक एकनाले एक सय ८०, दुईनाले एक सय २३, बाईस बोरको एकनाले ६, भरुवा बन्दुक एकनाले दुई, हावादारी नौ गरी कुल तीनसय ३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्याङ्क छ ।

जिल्लामा हतियार राख्नेमा जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडा, गौशाला र बर्दिवास नगरपालिकाका विभिन्न वडाका साथै साबिकका पिपरा, डाम्हीमडै, सुन्दरपुर, धिरापुर, पर्सापतैली, एकरहिया, रामगोपालपुर, सम्सी, मनरा लगायतका बासिन्दा रहेका छन् । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००