४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता



ललितपुर, स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँका गोदावरी नगरपालिमा नेपाली कांग्रेसले गजेन्द्र महर्जन, नेकपा एमालेले श्याम सिलवाल र माओवादी केन्द्रले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

त्यसैगरी नगर उपप्रमुखमा कांग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र माओवादी केन्द्रले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यस्तै महालक्ष्मी नगरपालिमा कांग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र माओवादी केन्दले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा कांग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र माओवादी केन्द्रले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ ।

यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र माओवादी केन्द्रले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र माओवादी केन्द्रले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।

कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र माओवादी केन्द्रले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र माओवादी केन्द्रले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।

यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा कांग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र माओवादी केन्द्रले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा कांग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र माओवादी केन्द्रले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००