२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षको पारिश्रमिक सामाजिक काममा



 

भदौ २५, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले राज्यबाट पाएको पारिश्रमिक सामाजिक कामका लागि प्रदान गरेका छन् ।

आफू राज्यको तलब खान नभई जनताको सेवा गर्न जनप्रतिनिधि बनेको भन्दै राज्यबाट पाउने सबै पारिश्रमिक सामाजिक कामका लागि लगानी गर्ने अध्यक्ष चौहानले बताए ।

अध्यक्ष चौहानले यस वर्ष प्राप्त एक लाख ६८ हजार र व्यक्तिगत ८३ हजार १११ थपेर दुई लाख ५१ हजार १११ नगद सामाजिक कामका लागि आइतबार प्रदान गरे । बुबालुङस्थित अन्नपूर्ण माविमा आयोजना गरिएको औपचारिक कार्यक्रममा अध्यक्ष चौहानले सम्बन्धित संस्थाका पदाधिकारीलाई नगद प्रदान गरेका हुन् ।

उनले आफ्नो वडामा गठन भएका १३ वटा टोल विकास समितिलाई जनही दश दश हजार गरी नगद एक लाख ३० हजार प्रदान गरेका छन् । समितिलाई घुम्ती कोष सञ्चालन गर्न सघाउ पु¥याउने उद्देश्यले आफूले राज्यबाट पाएको पारिश्रमिक उपलब्ध गराएको अध्यक्ष चौहानले बताए ।

यसैगरी इण्डियन आर्मीबाट निवृत्तिभरण प्राप्त गरीरहेका अध्यक्ष चौहानले आफ्नो स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्न नगद प्रदान गरे ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गरीब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको हो । ३२ वर्षीय अध्यक्ष चौहानले स्थानीय १० वर्षीय छात्र निरकुमार खत्रीको अभिभावकत्व समेत ग्रहण गरेका छन् ।
रासस

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ००:००