१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधन उपयुक्त छैनः एमाले



काठमाडौं, नेकपा एमाले संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यस विरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ ।

दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफैंले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरुलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए ।

बैठकमा नौदलीय गठबन्धनबीच भएको बैठकका बारेमा पनि सबै सांसदलाई जानकारी गराइएको थियो । रासस

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००