१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहः न्यायीक समितिले पूर्णता नपाउदा न्याय सम्पादनमा समस्या



 

भदौ १३, वीरगञ्ज । संविधानले स्थानीय तहमा मुद्दा मामिला छिनोफानो गर्ने अधिकार स्थानीय तहलाई दिए पनि पर्सा जिल्लाको कतिपय स्थानीय तहमा समितिले पूर्णता नपाउँदा समस्या हुने गरेको गुनासो जनप्रतिनिधिको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहलाई २४ वटा मुद्दा हेर्ने अधिकार दिइएको छ । तीमध्ये १३ विषयमा विवाद निरुपण गर्न तथा ११ मुद्दामा न्यायिक समितिले मेलमिलाप गराउन सक्ने अधिकार दिएको छ ।

न्यायिक समिति स्थानीय तहका उपाध्यक्षको संयोजकत्वमा गठन गरिन्छ, जसमा मुद्दा दर्ता गर्दा शुल्क नलाग्ने भएपछि समितिको लोकप्रियता बढ्दै गएको छ ।

न्यायिक समितिका पदाधिकारी प्रचलित नेपालको कानूनसम्बन्धी ज्ञान अभावका कारण कतिपय मुद्दाको फैसला गर्न समस्या हुने गुनासोसमेत रहेको छ । कानून नपढेका न्यायाधीशका रूपमा स्थानीय निकायमा चर्चित रहेका न्यायिक समितिका पदाधिकारीलाई मुद्दाका पक्ष र विपक्षबीच छलफल नगरी न्याय दिलाउन कठिन भएको समितिका पदाधिकारीको गुनासो छ ।

पर्सा जिल्लामा रहेका एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन् । जसमध्ये अधिकांश स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भए पनि कानूनको जटिलताको अभावका कारण न्याय सम्पादनमा समस्या हुने गरेको गुनासो समितिका पदाधिकारीको छ ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ००:००