२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माणमा दोलखा कांग्रेस सक्रिय



 

भदौ ११, दोलखा । यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।

लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ को वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा कांग्रेस सारथी बनेको हो ।

कांग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्ने गरी निर्माण गरेको कांग्रेस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए ।

दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर कांग्रेस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने ।

“वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा कांग्रेस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल ट्रेड युनियान कांग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको कांग्रेस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताए ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ००:००