३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपालेः संविधान संशोधनको पक्षमा मतदान गर्ने



काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिइन् ।

पार्टी एकीकरण भएपछि पार्टीका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो । रासस

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००