३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुरलाई हरित नगर बनाउन ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियान



 

भदौ ६, दाङ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियान अन्तर्गत मंगलबार यहाँका सडक किनारमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ ।

अभियानको १०५औँ शृङ्खलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिका बिरुवा लगाइएको हो । उपमहानगरपालिकाले अहिलेसम्म बजारक्षेत्रमा रहेका मन्दिर, क्याम्पस, कार्यालय परिसरमा गरी विभिन्न प्रजातिका चार हजार बढी बिरुवा रोपिसकेको जनाएको छ ।

अभियानको शुरुवात गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य र सुन्दरताको लागि सबैले बोटबिरुवा लगाउनुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय सरसफाइ अभियानका साथमा बिरुवासमेत लगाउँदै आएको छ । यो अभियान अन्र्तगत नगरका सम्पूर्ण सडकमा बिरुवा लगाइने छ ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ००:००