१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशु बिज्ञान अध्ययनकालागी १० बिद्यार्थीलार्इ २० लाख छात्रवृत्ति



 

भदौ ५, बनियानी– झापा । हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको सरस्वती मावि र प्राविधिक शिक्षालयसँग सम्झौता गरिएको उनले बताए ।

“गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ,” उनले भने । गाउँपालिकाले पाँच वडाबाट प्रतिवडा दुईका दरले विद्यार्थी छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । विद्यार्थीलाई कृषि, भेटनरी र माछापालन सम्बन्धी शिक्षा दिइने छ ।

अध्ययनपछि विद्यार्थीलाई गाउँपालिकाले रोजगारको व्यवस्था गर्नेछ । सो गाउँपालिकाले ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ अभियानका साथ माछापालनका लागि ५० बिघामा पोखरी निर्माण गरिरहेको छ ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार ००:००