२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिदै गाउँपालिकामा



 

साउन ३१, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पु¥याइने भएको छ ।

प्रत्येक घरमा धारा पु¥याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । विभिन्न चार वटा सोलार पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सम्पन्न भइसकेको छ ।

वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु, वडा नं २ मा डाडाइजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएको उनले बताए ।

सौर्य पम्पिङ प्रणालीबाट खानेपानीका लागि गत वर्ष नै एक करोडभन्दा बढी रकम विनियोजन भएको थियो । गाउँपालिकाले गत वर्ष चार वटा सोलार पम्पिङ प्रविधिबाट ३२ वटा खानेपानी आयोजना निर्माण गरेको जनाएको छ ।

सोलार पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था भएसँगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । अगामी ४ वर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पु¥याउने उद्देश्यले एक घर एक धारा अभियान चलाइएको हो ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहिबार ००:००