१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय



 

साउन २८, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सात वटा वडा रहेका छन् । ती गाउँमा रहेका मुटुरोगी, क्यान्सर, मृगौला लगायत रोगबाट पीडितलाई वार्षिकरुपमा एक पटक पाँच हजार देखि २५ हजार सम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रम समेत अघि सारेको उनको भनाइ छ । गाउँपालिकाले आव २०७५÷०७६ मा दीर्घरोगी सहयोग कोषमा पाँच लाख बजेट विनियोजन गरेको छ ।
रासस

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार ००:००