६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किर्तिपुर नगरपालिकाको गाडी सीडीओ कार्यालयले उठाएर लग्याे



रञ्जित तामाङ, काठमाडौं ।

निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले किर्तिपुर नगरपालिकाको गाडी खोसेर लगेको छ । किर्तिपुर क्षेत्रमा खटिएका निर्वाचन अधिकृतका लागी गाडी माग्दा अटेर गरेको भन्दै शुक्रबार गाडी उठाएर लगेको हो ।

निर्वाचनमा असहयोग गरेको भन्दै कार्यकारी अधिकृत सुमनकुमार कार्कीलाई पक्राउ गर्न प्रहरी कार्यालयमै पुगेको कर्मचारी स्रोतको दाबी छ । तर काठमाडौंका सीडीओ हिमनाथ दवाडीले भने पक्राउ नगरिएको र निर्वाचनामा असहयोग गरेको भन्दै आइतबार १० बजे आफ्नो कार्यालयमा आउन निर्देशन दिएको बताए ।

गाडी उठाएर लैजाँदै । तस्बिर स्राेत गाेप्य राखिएकाे छ ।

“उहाँले विगतदेखि नै निर्वाचनमा असहयोग गर्दै आउनु भएको छ,” दवाडीले भने, “आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिइएको हो, पक्राउ गर्न खोजिएको होइन ।”

किर्तिपुर नगरपालिकाको स्रोतले भने डीएसपीसहितको प्रहरी टोलीले प्रहरी कार्यालय जान दबाब दिएको बताएको छ । “अपराधीलाई जसरी कार्यकारी अधिकृतलाई प्रहरी कार्यालय जान दबाब दिएको थियो,” स्रोतले भन्यो, “निहुँ अरू केही पनि छैन । नगरपालिकाले गाडी नदिएको भनेर यस्तो दबाब दिएको हो ।”

यस्तो छ, गाडीको लफडा

किर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत कार्की पनि निर्वाचन अधिकृतका रुपमा सिराह खटिएका थिए । सिराह खटिने क्रममा नगरपालिकाको गाडी चढ्दै आएका थिए ।

सीडीअाेले गाडी चढ्न दिएकाे अनुमति पत्र

सिराहमा दोस्रो चरणमा मात्रै निर्वाचन गर्ने भएपछि निर्वाचन अधिकृतले नगरपालिकाको गाडी मागेका थिए । त्यही गाडी निर्वाचन प्रयोजनका लागी माग्दा नदिएको भन्दै कार्यकारी सिडिओ कार्यालयले खोसेको हो ।

किर्तिपुर नगरपालिकाले भने अधिकृत कार्की बिहीवार मात्रै कार्यालयमा आईपुगेको र गाडी नदिइएको भन्ने आरोपमा सत्यता नभएको दाबी गरेको छ ।

अपराधीलाई जसरी प्रहरी खटाएर नगरपालिकामा भएको एउटै मात्र गाडी खोसेर लगेको भन्दै उनीहरूको गुनासो छ । कार्कीले सीडीअाे कार्यालकै स्वीकृतिमा गाडी चढेर  सिराहमा खटिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००