२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस



भक्तपुर, वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवार छान्न सकस भएको छ ।

नेपाली कांग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ ।

मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शंकर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ ।

यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ ।

उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिए ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएको बताए । जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुंगेल लगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताए ।  रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००