७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढीमा २५ प्रतिशत कर्मचारी मात्र केन्द्रमा रहने



काठमाडौँ, सरकारले बढीमा २५ प्रतिशतमात्र केन्द्रमा निजामती कर्मचारी रहने गरी समायोजन गर्न थालेको छ ।

सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनामा बढीमा २५ प्रतिशत कर्मचारीमात्र रहने गरी समायोजन गर्न लागेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए ।

“अहिलेको सङ्घीय स्वरुपअनुसार हामीले २०–२५ प्रतिशत कर्मचारी मात्र केन्द्रमा राख्ने गरी समायोजनको खाका बनाएका छौँ”, उनले भने, “अन्य कर्मचारी भने प्रदेश र स्थानीय तहमा रहनेछन् ।”

मन्त्रालयले केन्द्रमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्यौदा तयार पारेपछि कर्मचारीको समायोजन गर्दा केन्द्रबाट बचेका करिब ८० प्रतिशत कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने योजना बनाएको छ ।

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित समितिले केन्द्रीय स्तरमा रहने मन्त्रालय तथा निकायको स्वरुप तयार पार्न गठित कार्यदलले १६ वटा मन्त्रालय रहने मस्यौदा मुख्य सचिव डा। सोमलाल सुवेदीलाई बुझाइसकेको छ ।

मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७३ स्वीकृतका लागि मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको प्रवक्ता न्यौपानेले बताए ।

मन्त्रालयले विभिन्न मापदण्डका आधारमा कर्मचारीको समायोजन गर्ने तयारी गरेको छ । उनका अनुसार केन्द्रमा कार्यालय नभएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने, केन्द्र, प्रदेश र स्थानीय तहमा कहाँ जाने भनेर ज्येष्ठताका आधारमा रोजाउने, कर्मचारीको ठेगानाअनुसार पठाउनेजस्ता मापदण्ड तयार गरेको छ ।

हाल निजामती सेवामा करिब ८३ हजार कर्मचारी छन् । रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००