१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुल्दी खोला मोटरेबल पुलको उद्घाटन



 

साउन १९, दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुल्दी खोला माथि निर्माण गरिएको मोटरेबल पुलको आज उद्घाटन गरेका छन् ।

आवश्यकता र प्राथमिकताका आधारमा भौतिक र यातायातका ठूला योजनाहरु अगाडि बढाउँदै उनले पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसान, गण्डकी प्रदेशका सांसदहरु डोबाटे विक, सरिता गुरुङ र रामबहादुर गुरुङ, नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, पुल निर्माण समितिका सल्लाहकार श्रीराम कार्की, निर्माण समितिका अध्यक्ष देवीबहादुर बस्नेत, सचिव वसुन्धरा घर्ती लगायतले सो पुल निर्माण भएपछि सर्वसाधराणलाई आवतजावतमा सहज भएको बताए ।

ब्यास नगरपालिका–१ को गल्बुवेशी र वडा नं ४ को सिमलटार जोड्ने ४५ दशमलब ६ मिटर लामो उक्त पुल दुई करोड ४१ लाख ७२ हजार ८३ को लागतमा निर्माण भएको हो । जिल्ला समन्वय समिति मार्फत स्थानीय सडक पुल कार्यक्रम अन्तरगत सो पुल निर्माण भएको हो ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार ००:००