२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडा कुलेखानी–काठमाडौँ यातायात सेवा सञ्चालनमा



 

साउन १६, हेटौँडा । गत राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई आज बिहानदेखि हेटौँडा काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि आज बिहान हटाई सिस्नेरी काठमाडौंतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

हेटाँैडाबाट काठमाडौं र काठमाडौंबाट हेटौँडातर्फ आएका सुमो, जीप, कार तथा मोटरसाइकलमा आएका यात्रु स्थानीय महालक्ष्मी खोला नजिकको सडकमा रोकिनुुपरेको थियो । अहिले यात्रुहरु आ–आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ००:००