२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण पासाङल्हामु सडक बन्द



 

साउन १५, नुवाकोट । पासाङल्हामु सकडको त्रिशूली बेत्रावती खण्डको तिरतिरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यहाँको विदुर नगरपालिका–१० को तिरतिरे भिरमा आज बिहान १०ः३० बजे बजेतिर पहिरो गएपछि सडक बन्द भएको हो ।

पचास मिटर माथिबाट आएको पहिरोले करीब १० मिटर सडक पुरेको छ । पहिरो खसिरहेकाले तत्काल हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडौंबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौंका लागि हिँडेका दर्जनौँ सवारीसाधन रोकिएका छन् ।

रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडकसमेत मनकामनामा पहिरोले भत्काएर कारण सवारी साधन नुवाकोटमै अलपत्र परेका हुन् । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतिका क्रममा कटिङ गरेको सडकमा पहिरो गएको हो । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार ००:००