४ साउन, बुटवल । सैनामैना नगरपालिकाले आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आज (शुक्रबार) पारित गरेको छ ।
नगरपालिकाको मुर्गियामा भएको विशेष नगरसभाले एकीकृत सम्पत्ति करको सट्टामा सम्पत्ति कर र भूमिकर (मालपोत) लगाउने निर्णय भएको नगरपालिका–३ का वडाध्यक्ष तथा प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।
विधेयक पारित गर्न र कर लगाउने विषयमा निर्णयमा पुग्न विशेष नगरसभा आह्वान गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।
त्यस्तै नगरपालिका १० स्थित सालझण्डीमा बसपार्क निर्माणका लागि पेश भएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
रासस
प्रतिक्रिया