१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित



बैतडी, वैशाख १ देखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मंगलबार देखि स्थगित भएको छ । सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख १ देखि जिल्लाभरि एक सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएका थिए । निर्वाचन आयोगको निर्देशन अनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।

बैतडीमा स्थानीय तहको निर्वाचनका लागि एकसय २० मतदानस्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार आठसय २४ जना मतदाता रहेका छन् ।

सरकारले प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार ००:००