१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलकोटगढी नगरपालिका डेढ महिनापछि सन्चालन



नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय डेढ महिनापछि शुभारम्भ गरिएको छ । राज्य पुनर्संरचना अन्तर्गत गठन भएको बेलकोटगढी नगरपालिका–९ जिलिङको बाघखोरमा रहेको सामुदायिक आवास भवनबाट कार्यालय सञ्चालनमा ल्याइएको हो ।

गत फागुन २७ गते स्थानीय निकाय भङ्ग गरी स्थानीय तह सञ्चालनमा आएपनि बेलकोटगढी नगरपालिकामा भने भौतिक श्रोत अभावको कारण देखाउँदै कार्यकारी अधिकृत हरिप्रसाद चापागाईं जान नमानेपछि ढिलाइ हुँदै आएको थियो ।

बेलकोटगढी नगरपालिकामा स्थानीय तहको निर्वाचन गराउन निर्वाचन अधिकृतसमेत रहेका चापागार्इंले मंगलबार निर्वाचन अधिकृतको कार्यालयसहित नगरपालिकाको कार्यालय पनि शुभारम्भ गरेको जानकारी दिए । बेलकोटगढी नगरपालिका सञ्चालन भए संगै जिल्लामा रहेका १२ वटै स्थानीय तहको सेवा सञ्चालनमा अएका छन् ।

बेलकोटगढी नगरपालिकाले कार्यालयको नाममा साइनबोर्ड, लेटर प्याड, छापलगायत बनाएर नगरपालिकाले प्रवाह गर्ने सेवा सुरु भएको कार्यकारी अधिकृत चापागार्इंले बताए ।

साबिकको कुमरी, दुई पिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नं ७ र ८ बाहेकको बाँकी वडा मिलाएर स्थापना भएको बेलकोटगढी नगरपालिकामा ३९ हजार जनसंख्या रहेको छ । वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि २६ हजार चारसय ६६ जना मतदाता नामावलीमा सूचीकृत छन् । रासस

प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार ००:००