६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरका आठ गाउँपालिकामा निर्वाचन कार्यालय स्थापना



हेटौँडा, आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा मकवानपुर जिल्लाको आठ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो आठ गाउँपालिकामा निर्वाचन अधिकृत र सहायक कर्मचारी कार्यालय सञ्चालनका लागि खटिसकेको बताइएको छ ।

यसैबीच ती गाउँपालिकामा निर्वाचन प्रक्रिया सञ्चालनका लागि मतदाता नामावली, दलगत तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, वाग्मती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका गरी जम्मा २९५ मतदान केन्द्रका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी खटाउन तथ्याङ्क संकलन भइरहेको र एक हप्ताभित्र नियुक्ति दिने गृहकार्यसमेत भइरहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताएका छन् ।

जिल्लाको २९५ मतदान केन्द्रका लागि सुरक्षा प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयले एकीकृत रुपमा सुरक्षाको टोली परिचालन गर्ने तयारी गरिसकेको मकवानपुरका प्रजिअ, नारायणप्रसाद शर्मा दुवाडीले बताए । रासस

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलबार ००:००