२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे



काठमाडौँ, काठमाडौँ महानगरपालिकामा पछिल्लो समय नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको संख्यामा वृद्धि भएको छ ।

चालु आवको चैत मसान्त सम्ममा दुई हजार आठसय ९६ जना घरधनीले निर्माण सम्पन्न प्रमाणपत्र लिइसकेका छन् भने दुई हजार ४० जनाले नक्सा पास गरेका छन् ।

आव २०७२/७३ मा दुईहजार नौ सय ५३ जनाले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् भने, दुई हजार एक सयले नक्सा पास गरेको काठमाडौँ महानगरपालिकाका इन्जिनियर राम थापाले जानकारी दिए ।

थापाका अनुसार २०७२ साउनदेखि कामपाले निर्माण सम्पन्न अनिवार्य गर्दै, नगरेको खण्डमा उक्त भवन बैंकमा राखी ऋण लिन नपाउने, कामपाबाट पाउने सुविधा– पानी, बिजुली, फोहर उठाउने सुविधा नपाउनुको साथै उक्त भवन नामसारी समेत नगर्ने कदम चालेपछि नगरवासीले प्रमाणपत्र लिन बाध्य भएका हुन् ।

नियम अनुसार नक्सा पास भएको दुई वर्षमा निर्माण गरिसक्नु पर्ने र निर्माण पूरा भएको तीन दिन भित्र निर्माण सम्पन्न प्रमाणपत्रका लागि कामपामा निवेदन पेस गरिसक्नुपर्नेछ ।

समयमानै नगरवासीले निवेदन पेस नगरे कारबाहीको प्रक्रिया समेत अघि बढाइने छ । भवन निर्माण गर्ने स्थानको अभावका कारण पनि पछिल्लो समय नक्सा पासको संख्यामा कमी अाएकाे र निर्माण सम्पन्नको लागि कडाई गरेपछि प्रमाणपत्र लिने बढेका हुन् । रासस

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलबार ००:००