२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै



 

२५ असार, कञ्चनपुर । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका ९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ ।

नगरपालिकाको मटेना देखि सुगरखाली सम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेना देखि सुगरखाली सम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ ।

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ । झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोट सम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

उनले भने, “यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुन्छ, अहिले सहरी विकास कार्यक्रम अन्तर्गत सुगरखाली सम्म पाँच किलोमिटर पक्की हुन्छ, त्यसपछि दोस्रो चरणमा ताराकोट सम्म सडक कालोपत्रे गर्छौं ।”

मटेला झिलमिला सडकको ताराकोट सम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ ।

दैनिक तीन पटक रंग फेरिने तालको पानी, वर्षौंदेखि एकै आकारका माछा र जंगलको बीचमा भएर पनि एउटा पात पनि तालमा नदेखिनुको तालका विशेषता हुन् । तालको विशिष्ट विशेषता नियाल्नका लागि पर्यटक यहाँसम्म पुग्ने गरेका छन् ।

विसं २०५७ मा तत्कालीन जिल्ला विकास समितिले झिलमिला तालसम्म सडक खनेको थियो । सशस्त्र द्वन्द्वका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि प्रयोगमा नआएर पुरिएको थियो । भीमदत्त नगरपालिका–९ का अध्यक्ष राम नाथले झिलमिला सडकले झिलमिलाको धार्मिक पर्यटन विकास हुने र यसबाट मटेनासहित जिल्लालाई फाइदा हुने बताए ।
रासस

प्रकाशित मिति : २५ असार २०७५, सोमबार ००:००