२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरपालिकाद्वारा चार विधेयक जारी



 

२२ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले थप चार विधेयक जारी गरेको छ । उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयक बिहिबार पारित भएका हुन् ।

नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक विधेयक २०७५, आर्थिक कार्यविधि विधेयक २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५ तथा नगर स्वास्थ्य विधेयक २०७५ प्रस्तुत भएका थिए ।

नगरसभामा उपप्रमुख गुमादेवी आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, आर्थिक समितिका संयोजक टंक पराजुलीले आर्थिक विधेयक र सीतादेवी आचार्यले नगर स्वास्थ्य विधेयक प्रस्तुत गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

उपमहानगरको दोस्रो नगरसभाले यसअघि २६ विधेयक पारित गरिसकेको छ । जारी नगरसभामा अहिले बजेटमाथि अन्तिम छलफल भइरहेको प्रवक्ता रेग्मीले बताए ।

आर्थिक वर्ष २०७५/७६ का लागि नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक आचार्यले एक अर्ब ६६ करोड ५० लाख १६ हजार ८३१ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवलः खुशी बुटवलवासी’ रहेको छ ।

पर्यटन, कृषि, उद्योग तथा व्यापार–व्यवसायलाई समृद्धिका आधारका रुपमा लिँदै उपमहानगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
रासस

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ००:००